सर्वोच्चमा बहस : रवि लामिछाने आजको मितिसम्म नेपाली नागरिक होइनन्
- माघ ११, २०७९ मा प्रकाशित
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ । रिट निवेदकको तर्फबाट सुरेन्द्र भण्डारी, रवि बसौला, युवराज पौडेल, रमण कर्ण, नीतिका ढुंगानाले बहस गरेका हुन् ।
सो क्रममा निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नभएको जिकिर गरेका छन् । कानुन व्यवसायी कर्णले नेपाल नागरिकता ऐन बमोजिम लामिछानेको नागरिकता कायम नरहेको दावी गरे ।
अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको कर्णको भनाइ छ । रविका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित चार जना कानुन व्यवसायीले बहस गर्नेछन् । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ । सर्वोच्चले मुद्दामाथि सुनुवाइ गर्न कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठतमका आधारमा संवधानिक इजलास गठन गरेको छ । इजलामा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा छन् । अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ । सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१Azərbaycanın Bir Nömrəli Onlayn Kazino Məlumat Mərkəzi 202
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
Comments