दुर्गा प्रसाईं समर्थकले ढुङ्गामुढा गरेपछि प्रहरीले गर्यो लाठीचार्ज, गौशाला क्षेत्र तनावग्रस्त
- मंसिर ११, २०८० मा प्रकाशित
इटहरी । मेडिकल व्यावसायी दुर्गा प्रसाईं समर्थकले ढुङ्गामुढा गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । काठमाडौंको गौशालामा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । उनीहरूले गौशाला चोकमा बाटो बन्द गरेर आमसभा गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
धर्मगुरुको अगुवाइमा भएको आन्दोलनमा प्रसाईं पुगेपछि प्रदर्शनकारीले आधा घण्टा गौशाला चोकमा सडक जाम गरेर आमसभा गर्न दिनुपर्ने माग गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि अहिले प्रदर्शनकारी तितरवितर भएका छन् ।
राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा केही दिन यता काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रसाईंले सम्बोधन गर्न पाएनन् । पाँचौ दिनसम्म आइपुग्दा आन्दोलनमा प्रसाईका समर्थकको संख्या पातलिंदै जान थालेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments