•  १६ कार्तिक २०८१, शुक्रबार
  •  5:56:47 AM

कोशीमा पहिचानको नाममा षड्यन्त्र हुँदैछ : एमाले महासचिव पोखरेल

- आश्विन १२, २०८० मा प्रकाशित



मोरङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानको नाममा कोशी प्रदेशमा एमालेविरुद्व षडयन्त्र भएको बताएका छन् ।

एमाले कोशी प्रदेश अधिवेशन उद्घाटनमा बोल्दै पोखरेलले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताए । कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको दावी गर्दै पोखरेलले पहिचानको नाममा एमालेविरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न आग्रह गरे ।

‘अतिवाद निम्त्याएर एमालेलाई पहिचानविरोधी पार्टीको रूपमा स्थापित गर्न खोजिएको छ,’ पोखरेलले भने, ‘एमाले सबै जात जाति र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो ।’

Comments

सम्बन्धित खवर