मधेशमा आज ‘मोहम्द डे’ : सरकारले दियाे सार्वजनिक बिदा
- आश्विन ११, २०८० मा प्रकाशित
सप्तरी । मधेशमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीले मनाउने पर्व पैगम्बर मोहम्मदको जन्मदिन (मोहम्मद डे) का अवसरमा प्रदेश सकारले बिहीबार सार्वजनिक बिदा दिएको हो।
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
०७९ चैत ९ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार मधेश प्रदेश सरकारले आज बिदा दिने निर्णय सूचनामा उल्लेख छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments