
राजन अधिकारी फाउन्डेसनकाे एम्बुलेन्स गाजा तस्करीमा प्रयाेग : २५ किलाे गाजा र ४० हजार नगद सहित चालक पक्राउ
- आश्विन १०, २०८० मा प्रकाशित

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको हो।
लागुऔषध गाँजा बरामद भए सँगै राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार र सोही स्थानमा रहेको भारतीय नम्बर प्लेट बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ। लागुऔषध गाँजासहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
लोकप्रिय मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
ताजा मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
Comments