रविलाई प्रधानमन्त्रीको आग्रह : सरकारमा आउनूस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु
- बैशाख १८, २०८० मा प्रकाशित
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सामेल हुन आग्रह गरेका छन् । आज (सोमबार) बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन् । यसका लागि आफू जुनसुकै भ्रष्टाचारका फाइल खोल्न तयार रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
‘सरकारमा आउनूस्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारको कुन चाहिँ फाइल खोल्नु पर्यो म खोल्न तयार छु ।’ यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकाले समर्थन समेत फिर्ता लिने बताएका थिए ।
प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने समेत प्रचण्डको दाबी छ ।
‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने । अहिले सरकार परिवर्तन हुने विषय पनि भ्रम मात्रै भएको प्रचण्डले दाहोर्याए । ‘सरकार यताउता हुन्छ भन्ने निकै ठूलो भ्रम हो । सरकार पाँच वर्ष नै चल्छ,’ उनले भने ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments