•  १६ कार्तिक २०८१, शुक्रबार
  •  6:17:32 AM

भगबतीकाे घरदैलाे अभियान : जनताले भने–‘विजयी भवः’

- कार्तिक १७, २०७९ मा प्रकाशित



सुनसरी, १७ कार्तिक । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरी आजबाट औपचारिक रुपमा चुनाबी घरदैलो अभियानमा निस्कनु भएको छ । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यासी नेतृ चौधरीले इटहरी १० र वडा नं. ११ बाट जनताको अपेक्षा, गुनासाहरु सुन्दै आफ्ना चुनाबी एजेण्डाहरु बाँड्न थाल्नु भएको हो ।

नेकपा एमालेबाट प्रदेश सभातर्फ सुनसरी ३ (क) का उम्मेदवार रोहित बहादुर कार्की सहित पार्टीका नेताहरुको साथमा घरदैलो थाल्नु भएकी चौधरीले जनताका मुख्य समस्याहरुलाई नोट गर्ने, गुनासाहरु सुन्ने पनि गर्नु भएको छ ।

सो क्रममा स्थानीय मतदाता तथा जनताहरुले विगतमा पटकपटक जितेर गएकाले विकास नगरेको, जनताका अपेक्षा, विगतका निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा नगरेको तथा भ्रष्टाचारमा समेत लिप्त भएकाले योपटक नेतृत्व परिवर्तनको पक्षमा उत्रिएको बताए । जनमतबाट निर्वाचित भएकाहरुमा दुरदर्शिता नहुँदा आफु र आफ्ना सन्ततीले दुखः पाएको स्मरण गर्दै उनीहरुले आर्थिक संबृद्धिका योजना र भिजन भएका उम्मेदवारलाई जिताएर पठाउने बताए ।

 

भगबती चौधरीले सत्तामा नरहेर पनि आफ्नो क्षेत्रका जनताको जिवनस्तर उकास्ने गरी काम गरेको, जनताहरु दुखःमा पर्दा साथ दिएको र सुनसरी ३ लाई विकासकै राजधानी बनाउने गरी काम गरेकाले योपटक कुनैपनि हालतमा जित्नु पर्ने बताए । विगतका दुई वटा निर्वाचनमा जनताले जनमत दिएपनि सत्ताको दुरुपयोग गर्दै चौधरीलाई पराजित गराईको बताउँदै मतदाताले योपटक पनि त्यहि नियती त दोहोरिँदैन भन्दै प्रश्न पनि गरे ।

 ‘२, २ पटक तपाईलाई जिताएकै हो । अझैपनि भोट हाल्छौं, विजयी भवः भन्छौं तर, त्यसलाई कसरी संरक्षण गर्नेमा तपाईको ध्यान जानुपर्छ ।’ स्थानीय जनताले जनमतको सुरक्षाको कुरा उठाउँदा चौधरीले योपटक कुनै प्रकारको धाँधली र सड्यन्त्र नहुने विस्वास दिलाइन् । ‘योपटक कुनैपनि शक्तिले धाँधली गरेर, बाकस साटेर या अन्य सड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ । भगबती चौधरी र सिंगो नेकपा एमाले र जनता जनताको अभिमत सुरक्षार्थ खटिन्छ ।’ साथै जनतालाई कुनैपनि लोभ, लालच, डर, धम्कीमा नपरी निष्पक्ष रुपमा ढुक्क भएर परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकास गरेर युवाहरुलाई गाउँघरमै स्वरोजगार बनाउन सके मात्र आर्थिक उन्नती हुने बताउँदै त्यसका लागि आफुले ३० वर्षमा हुन नसकेको काम ५ वर्षमै गर्ने गरी रोडम्याप बनाएको बताउनु भयो । योपटक जनताले निर्वाचित गरेको खण्डमा आफ्नो क्षेत्रमा विकासको लहर ल्याउने साथै संघ सरकारमा रहेर महिला, बालबालिका, जेष्ठ नागरिक, युवा, कृषक, उद्योग, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने र नीति निर्माण गर्ने पनि जिकीर गर्नुभयो ।

घरदैलो कार्यक्रममा जाँदा नेतृ चौधरीलाई महिला, जेष्ठ नागरिक तथा युवा पंङ्तीले योपल्ट जिताएरै संसदमा पठाउने बताएका थिए । साथै, उनीहरुले प्रदेशका उम्मेदवारलाई पनि जिताउँदै संघ र प्रदेशमा एमालेको सरकार बनाउँदै विकास गर्न सुझाए । आफुहरुलाई बोल्ने भन्दा पनि काम गर्ने नेता चाहिएको भन्दै भगबती चौधरीसँग राजनीतिक, आर्थिक र सामाजिक अनुभव भएकाले एकपटक मौका दिनै पर्ने पनि बताए ।

Comments

सम्बन्धित खवर