फोहोर बोकेर बञ्चरेडाँडा गएकाे गाडीलाई स्थानीय दलका प्रतिनिधिले बाटोमै रोके
- श्रावण ३०, २०७९ मा प्रकाशित
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीयहरुले रोकेका छन् ।स्थानीय राजनीतिक दलहरुले फोहोरको गाडी रोकेका हुन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेसँगै एमाले तथा राप्रपाले पनि फोहोरको गाडी रोकेका हुन् ।
हिजो धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।
हिजो २५ वटा गाडीले मात्रै फोहोर फालेका थिए ।उता स्थानीय बासिन्दाहरुले भने राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको आरोप लगाएका छन् ।फाहोर पीडित स्थानीयबासीहरुले भने फोहोरको नाममा राजनीति गर्नेहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।अहिले स्थानीयबासीहरु सडकमा आएका छन् । छलफलको प्रयास भइरहेको जनाइएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments