•  २५ कार्तिक २०८१, आईतवार
  •  1:31:09 AM

दशैकाे लागि राखेकाे खशी खाेरबाटै गायब : ९३ वटा हराइसकेपछि बल्ल समातिए चाेरीमा संलग्न ४ जना

- श्रावण २९, २०७९ मा प्रकाशित



इटहरी ।  सुनसरीको इटहरी र मोरङको सुन्दरहरैचा आसपासका क्षेत्रबाट खशिबोका हराउन थालेपछि स्थानीयहरू रातभरी जाग्राम बस्न बाध्य बनेका छन । पछिल्लो डेढ महिना यता सुन्दरहरैचाबाट ९३ वटा खशि बोका हराएको स्थानियहरूले बताएका छन । 

अत्याधिक मात्रामा चौपाया चोरी हुन थालेपछि सुन्दरहरैचामा स्थानियहरू आफै सकृिय भएर रातभरी गस्ती गर्न थालेका हुन । गस्तिकै क्रममा एक म्याजिक भेन सहित ५ वटा चौपाया सहित चोरीमा संलग्न ४ जनालाइ गाउलेहरूले आइतबार बिहान साढे १ बजे नियन्त्रणमा लिएका छन । 

kkh

आइतबार मध्यरात १२ बजे गाडीको आवाज सुनिएपछि गाउलेहरू भेला भइ रूङेर बस्दा को १ ज २८३९ नंको म्याजिकमा खशिबोका देखेका थिए । म्याजिक रोक्न आग्रह गर्दा नमानेपछि शंकालागि पिछा गर्दै नियन्त्रणमा लिएपछि चोरिमा संलग्नहरूको पर्दाफास भएको थियो । 

सुन्दरहरैंचा र इटहरीबाट चोरी भएका खशिबोकाहरू सप्तरीका बजार सम्म लगेर बिक्री बितरण गर्ने गरेको चोरीमा संलग्न मध्ये एकले बताएका छन ।  करिब डेढ महिनापछि नियन्त्रणमा लिन सफल  चार जना चोरीमा संलग्नहरूलाइ गाउलेहरूले प्रहरी चौकी गछियाको जिम्मा लगाएका थिए । तर आक्रोशित गाउलेहरूको भिडले उनिहरूको ज्यान तलमाथि पर्न सक्ने भन्दै चोरीमा संलग्न चारैजनालाइ इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएका छन । 

298108901_600169534837620_4825250499212632817_n

सुन्दरहरैंचा र इटहरीबाट चोरी भएका खशिबोकाहरू सप्तरीका बजार सम्म लगेर बिक्री बितरण गर्ने गरेको चोरीमा संलग्न मध्ये एकले बताएका छन ।  करिब डेढ महिनापछि नियन्त्रणमा लिन सफल  चार जना चोरीमा संलग्नहरूलाइ गाउलेहरूले प्रहरी चौकी गछियाको जिम्मा लगाएका थिए । तर आक्रोशित गाउलेहरूको भिडले उनिहरूको ज्यान तलमाथि पर्न सक्ने भन्दै चोरीमा संलग्न चारैजनालाइ इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएका छन । 

298816487_1085204739083057_4376989281479946014_n

यता इटहरीमा भने फाट्ट फुट्ट खशि बोका चोरि भएका गुनासोहरू आएपनि अहिले सम्म एउटा पनि उजुरी नपरेको इटहरी प्रहरीले बताएको छ । तर गछिया प्रहरी चौकीमा भने दैनिक जसो ४ वटा देखी १० वटा सम्म खशि बोका तथा चौपाया हराएको मौखिक उजुरी आउने गरेको प्रहरी बताउछ । 

Comments

सम्बन्धित खवर