निरा हत्या प्रकरण : झापामा पक्राउ गरिएका व्यक्तिलाई काठमाडौं ल्याइँदै
- बैशाख १७, २०८० मा प्रकाशित
काठमाडौं । काठमाडौं सरस्वती नगरमा निरा पाण्डे (आचार्य) को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदैछ ।आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाको बारेमा विस्तृत रूपमा जानकारी दिने प्रहरीले बताएको हो ।
काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानविन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो ।
प्रहरीले आचार्यको हत्याको अनुसन्धान गर्नका लागि एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन समेत गरेको थियो । कपनको सरस्वतीनगरमा निरू किचनकी सञ्चालक आचार्यको यही वैशाख ७ गते दिउँसो पसलमै हत्या भएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments