नेपाल फर्कदै सन्दीप, असोज २० गते आत्मसमर्पण गर्ने
- आश्विन १६, २०७९ मा प्रकाशित
काठमाडाै । बलात्कार आरोप लागेपछि फरार भएका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने भएका छन् । सामाजिक सञ्जाल मार्फत उनले नेपाल फर्किएर असोज २० गते आत्मसमर्पण गर्ने बताएका हुन् । किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि उनी विदेशमै लुकेर बसेका छन् । लामिछानेले शनिबार बिहान वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसमर्पण गर्ने बताए ।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।आफू निर्दोष भएको बताउँदै उनले चाँडै न्याय पाउने विश्वास व्यक्त गरेका छन् । लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments