एमाले उदयपुरमा राउत र खड्काको विद्रोह, मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता
- बैशाख १२, २०७९ मा प्रकाशित
उदयपुर: पार्टीले आफुहरूलाई उपेक्षा गरेको भन्दै उदयपुरका दुई नगरपालिकामा एमालेबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । कटारी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख भिमकुमारी राउत र नारायण खड्काले त्रियुगा नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
भिमकुमारी राउतले कटारी नगरपालिकाको नगर प्रमुख पदमा र नारायण खड्काले त्रियुगा नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेले त्रियुगा मेयरमा आधिकारिक उम्मेदवारका रुपमा भागवत राउतलाई टिकट दिएको छ । कटारीको नगर प्रमुख पदमा भिमकुमारी राउतले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन ।
एमालेले कटारीमा निवर्तमान नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई दोहोर्याउने र उपप्रमुखमा नेतृ गीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेपछि भिमकुमारीले स्वतन्त्रमा उम्मेदवारी दिएकी हुन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments