इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
- मंसिर ८, २०८१ मा प्रकाशित
इटहरी । पतञ्जली योग समिति नेपालको १४ आंै स्थापना दिवसको अवसरमा योगको क्षेत्रमा महत्वलाई प्रचारप्रसार गर्ने देखि लिएर योग कक्षा समेत सञ्चालनमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पतञ्जली योग समिति नेपाल इटहरीले ८ जना लाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा धर्मराज आचार्य,बसन्त कार्की,पार्वती निरोला,अन्जना उप्रेती, विध्या काफ्ले,सुमित्रा मलल, राजकुमार खत्री,रविलाल पौडेललाई सम्मान गरिएको छ ।
पतञ्जली योग समिति नेपाल इटहरीका महासचिव यादव सिग्देलले वर्ष भरी गरिएका कार्यक्रमको प्रगती विवरण प्रस्तुत गरेका थिए ।
महासचिव सिग्देलले इटहरी उपमहानगर पालिकाको १० वटा वडामा २० वटा सेन्टरमा प्रत्यक दिन योग शिविर सञ्चाजन गर्दै आएको र विभिन्न स्थानमा योग शिविरका सथै विभिन्न गतिविधी सञ्चानल गर्दै आएको बताए ।
त्यस्तै कार्यक्रमका वक्ताहरुले शारिरिक तथा मानसिक स्वास्थ्यका लागि योगको महत्वपुर्ण रहेको वताएका थिए । पतञ्जली योग समिति नेपाल इटहरीकी अध्यक्ष उर्मिला कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य भिम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुकोे सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
-
ताजा मंसिर ८, २०८१याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित
Comments