•  १० मंसिर २०८१, सोमबार
  •  7:23:22 AM

गठबन्धनले ६ महानगरमा उपप्रमुख टुङ्गो लगायाे, कुन पार्टीलाई कहाँ ?

- बैशाख ७, २०७९ मा प्रकाशित



काठमाडौं । पाँच दलीय गठबन्धनले ६ वटै महानगरपालिकाको उपप्रमुख पनि टुङ्गो लगाएको छ । मंगलबार बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको उपप्रमुखको टुङ्गो लगाएको हो ।

सहमति अनुसार नेपाली कांग्रेसले बीरगञ्ज, चितवनको भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा) ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।

मंगलबार बसेको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि उपप्रमुखको पनि टुंगो लागेको हो । सोमबार बसेको गठबन्धनसहितको शीर्ष नेताहरुको बैठकले भरतपुर माओवादी केन्द्रलाई, ललितपुर, काठमाडौं र विराटनगर कांग्रेसलाई र वीरगञ्ज महानगर जसपालाई दिने सहमति गरेको थियो । पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी भए पनि अन्तिममा कांग्रेस उपप्रमुख लिएर पछि हटेको थियो ।

Comments

सम्बन्धित खवर