मोहन वैद्यको पार्टीबाट विद्रोह गरेको नागेन्द्र राई समूह माओवादी केन्द्रमा समाहित
- बैशाख ५, २०७९ मा प्रकाशित
काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका हुन् ।
माओवादी केन्द्रका वार्ता संयोजक कृष्णबहादुर महरा, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरी र नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य नागेन्द्र राईले सोमबार संयुक्त रुपमा जारी विज्ञप्ति जारी गरेर पटक पटकको छलफल र बहस पश्चात सोमबारदेखि माओवादी केन्द्रमा राई समूह र नेपाल लोकतान्त्रिक जनता कांग्रेस समाहित भएको जानकारी दिएको हो ।
वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेपाल लोकतान्त्रिक जनता कांग्रेस तीन बुँदे सहमति गर्दै माओवादी केन्द्र्रमा समाहित भएका हुन् ।
संयुक्त विज्ञप्ति
आज मिति २०७९ साल वैशाख ५ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वार्ता समिति र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरी आउनु भएका कमरेड नागेन्द्र राई समूह, नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी बीच पटक पटक छलफल र बहस पश्चात हामी सबै पक्ष निम्न अनुसारको सहमति गर्दै आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समायोजन भएको घोषणा गर्दछौं । साथै नेपलाको एक मात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रमा ध्रुवीकरण भएको घोषणा गर्दैछौं ।
१. मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध रहदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र को विचार, राजनीति, कार्यदिशा र सांगठनिक सिद्धान्तप्रति प्रतिबद्धता जाहेर गर्दछौँ ।
२. नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड नागेन्द्र राईलाई पार्टीको केन्द्रीय सदस्य र बाँकी ३ जना कमरेड कृष्ण गुरुङ, कमरेड तिलबहादुर पुन र कमरेड कुमार बोगटीलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिने र बाकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचन पछाडि उचित जिम्मेवारी आपसी छलफल र सहमतिको आधारमा तय गर्ने निर्णय गरियो ।
३. नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड जीतबहादुर चौधरी र कमरेड जिमी लामालाई पार्टी केन्द्रीय समितिको बैकल्पिक केन्द्रीय समितिको सदस्यको जिम्मेवारी दिने र बाँकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचनपछि उचित जिम्मेवारी आपसी छलफल र सहमतिका आधारमा ढुंगो लगाउने निर्णय गरियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments