विवेकशील साझा पार्टीले गठन गर्यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति
- बैशाख १, २०७९ मा प्रकाशित
काठमाडौं: विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।
समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धव राज भेटुवाल सदस्य रहेका छन् ।
साथै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि विभिन्न उपसमितिहरू गठन गरेको छ । बैठकले नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ ।
सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्य दीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति र उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति गठन गरिएको छ। त्यस्तै, शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति, आशिष रेग्मीको संयोजकत्वमा कोष सङ्कलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुख समेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको छ।
पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्ने जनाएको छ । प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य रहनेछन् ।
‘स्थानीय निर्वाचनमा सातै प्रदेशका बढिभन्दा बढी स्थानीय तहमा उम्मेदवारी दिने गरि पार्टीले तयारी थालेको छ,’ विवेकशील साझाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीका तर्फबाट उम्मेदवार भएकाहरूको सशक्त र नतिजामुखी प्रतिस्पर्धा सुनिश्चित गर्न समिति र उपसमितिहरूले काम गर्ने केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता शरदराज पाठकले जनाएका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments