•  ९ मंसिर २०८१, आईतवार
  •  4:36:25 AM

इटहरी उपमहानगरमा एमालेबाट मेयरका लागि ८ जनाकाे नाम सिफारिस : कसले पाउने टिकट ?

- चैत्र २८, २०७८ मा प्रकाशित



इटहरी । नेपाल कम्युनिस्ट पार्टि एमालेले इटहरी उपमहानगरबाट मेयर पदकालागि ६ जनाकाे नाम सिफारिस गरेकाे छ । जसमा बहालवाला मेयर द्वारिकलाल चाैधरी सहित नया अनुहारका दुइजना रहेका छन ।

आइतबार बसेकाे एमाले नगर कमिटी सचिवालयकाे बैठकले इटहरीकालागि हालकि उपमेयर लक्ष्मी गाैतम,एमाले उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं,इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरी , एमाले केन्द्रिय सदस्य अमृता सुब्बा र केन्द्रिय सदस्य तैयव हुसेनकाे मेयरमा नाम सिफारिस गरिएकाे छ। 

सिफारिस गरिएकाहरू इटहरी उपमहानगर क्षेत्रका राजनीतिक संग संगै सामाजिक क्षेत्रमा समेत उत्तिकै कृयाशिल ब्याक्तित्वहरू रहेका छन । इटहरी नगर अध्यक्ष याम सुब्बा स्थानीय नगर क्षेत्रमा स्वच्छ छवि भएका राजनीतिक ब्याक्तित्व देखि कुशल नेतृत्वकर्ता र समाजसेविकाे रूपमा चिनै अाएका छन भने वहालबाला मेयर चाैधरी काम प्रति इमान्दारिता तर अलिक झ्वाक्कि स्वाेभावकाे रूपमा चिनिदै अाएका छन ।

त्यस्तै हालकि उपमेयर लक्ष्मी गाैतम इटहरी नगर क्षेत्रमा साहसिक महिलाकाे रूपमा गनिन्छिन ।उनि नेकपा एमालेकाे केन्द्रिय सदस्यमा निर्वाचित महिला सदस्य पनि रहेकि छिन । गाैतमलाइ इटहरीमा कुशल राजनीतिकर्मि मात्र नभइ सक्षम नगर माता र सामाजिक क्षेत्रमा पनि उत्तिकै कृयाशिल मानिन्छिन ।  एमालेकै अर्का सम्भावित आकांक्षी रामप्रसाद चौलागाईँले टिकट पाएमा उनको पनि सम्भावना केही न केही राम्रै हुने पार्टीसम्बद्ध स्रोतको आँकलन छ ।

इटहरी खानेपानी सँस्थानको अध्यक्षका रुपमा नगरको खानेपानी क्षेत्रमा आफूले गरेका कामहरुलाई क्यास गरेर उनले आफ्नो पकड बनाउन प्रयास गर्नेछन् । अघिल्लो स्थानीय तहको चुनावमा पनि मेयरकै पदमा लड्ने सम्भावना हुँदाहुँदै पार्टीको आन्तरिक प्रतिस्पर्धामा पछाडि उनको नाम आउन सकेको थिएन ।

त्यस्तै अर्काे उम्मेद्वार हुन अमृता शुब्बा उनि पार्टिमा त्यति कृयाशिल नरहेपनि सामाजिक क्षेत्रमा भने निकै नै कृयाशिल महिलाकाे रूपमा मानिन्छिन । बिगत लामाे समय देखि सहकारी क्षेत्रमा कुशल नेतृत्वकर्ताकाे रूपमा चिनाउदै अाएकि शुब्बा याे पटक इटहरी उपमहानगरमा मेयर पदकाे दावेदारकाे रूपमा अाफुलाइ प्रस्तुत गरेकि छिन ।

त्यस्तै बैठकले पार्टिबाट उपमहानगरमा उपमेयरकालागि ९ जनाकाे नाम सिफारिस गेकाे छ । जसमा गायत्री चौधरी,रुक्मिणी कोइराला, मिथिला पोख्रेल,अम्बिका चौधरी,बिष्णु शर्मा (नेपाल),अमला श्रेष्ठ,अनिता शर्मा,संगीता चौधरी र रामचरण चौधरी रहेका छन । सिफारिस भएका नामहरूलाइ जिल्ला पठाइएकाे छ भने अब जिल्ला र प्रदेशले सिफारिस भएका नामहरू मध्ये मेयर पदकालागि एक जना र उपमेयरकालागि एक जना छानेर ताेकिएका ब्याक्तिलाइ टिकटकाेलागि सिफारिस गर्नेछ । 

Comments

सम्बन्धित खवर