पुष्पलालले गठन गरेको नेकपाको सच्चा उत्तराधिकारी हौँः नेकपा एस
- चैत्र २८, २०७८ मा प्रकाशित
काठमाडौं: पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको दल नेकपा एस (एकीकृत समाजवादी) पार्टीले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी भएको दाबी गरेको छ ।
शनिबार र आइतबार बसेको सचिवालय बैठकले पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९’ को पृष्ठभूमिमै एकीकृत समाजवादीले उक्त दाबी गरेको हो ।
त्यहाँ भनिएको छ, ‘हामी २००९ साल वैशाख ९ गते कमरेड पुष्पलालले गठन गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी हौँ ।’
एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अनुयायी र नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को उत्तराधिकारी भएको जिकिर पनि गरेको छ ।
जबकि, एमाले देशकै ठूलो कम्युनिस्ट पार्टीको रूपमा अस्तित्वमा छ । सोही पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रवृत्तिगत आक्षेप लगाउँदै बाहिरिएका नेताहरूले गठन गरेको दल एकीकृत समाजवादी हो । यही दलले तयार गरेको घोषणापत्रमा ओलीले नेतृत्वको गरेको एमालेलाई नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को रूपमा अस्वीकार गरेको हो ।
घोषणापत्रमार्फत ओली नेतृत्वको एमालेमा गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली रहेको विश्लेषण पनि एकीकृत समाजवादीको छ । अध्यक्ष ओलीको दक्षिणपन्थी अवसरवाद र षड्यन्त्रकारी कार्यशैलीका कारण विद्रोह गरेर पुष्पलालले स्थापना गरेको नेकपाको सच्चा उत्तराधिकारीको हैसियतमा स्थानीय निर्वाचनमा जनतामाझ आएको उल्लेख गरेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments