•  ९ मंसिर २०८१, आईतवार
  •  3:40:30 AM

६ महिनापछि उद्योगले मन्त्री पायाे

- चैत्र २४, २०७८ मा प्रकाशित



काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनामा मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रीको जिम्मेवारी हेरफेर र नियुक्तिपछि उद्योग मन्त्रालयले मन्त्री पाएको हो । 

कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरी बडूलाई उद्योग मन्त्री बनाइएको हो । 

गत २४ असोजमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री जेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर