•  ९ मंसिर २०८१, आईतवार
  •  12:33:24 AM

पूर्वपरराष्ट्रमन्त्री लोहनीको प्रधानमन्त्रीलाई प्रश्नः मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?

- चैत्र १९, २०७८ मा प्रकाशित



काठमाडौं: पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । 
उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान डा. लोहनीले लेखेका छन्, ‘सम्मानीय प्र.म. देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ?’ 

प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ । ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने ?’ लोहनीले अर्को प्रश्न गरेका छन् । 

प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् । 

उनले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर