गठबन्धन गरेर जाने कि नजाने भन्नेमा कांग्रेसको आधिकारिक धारणा आज आउने
- चैत्र १५, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे हाे ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने गरी दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments