रुसले चीनसँग सैन्य सहयोग माग्योः अमेरिका
- फाल्गुन ३०, २०७८ मा प्रकाशित
न्युयोर्क: रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको होे । ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ ।
भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड’ कार्डहरू जारी गर्ने सम्भावनाबारे रूसी बैंकहरूले चिनियाँ समकक्षीहरूसँग सम्झौता गरका रिपोर्टहरु यसअघि नै आइसकेका छन् ।
मस्कोले चीनसँग हतियार मागेको भन्ने रिपोर्टलाई चीनले अस्वीकार गर्दै आएको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेनग्वायुले भनेका छन्, ‘त्यसबारे मैले केही सुनेको छैन ।’
‘अहिलेको मुख्य प्राथमिकता तनावपूर्ण अवस्थालाई नियन्त्रण बाहिर जानबाट रोक्नु हो । चीनले अत्यधिक संयम अपनाउन र ठूलो मानवीय संकटलाई रोक्न आह्वान गरेको छ’ दूतावासको विज्ञप्तिलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले विश्वव्यापी प्रतिबन्धहरूको सामना गर्न रसियालाई कुनै पनि सहयोग नगर्न चीनलाई चेतावनी दिएका छन् । सुलिभानले यसै साता चिनियाँ समकक्षीसँग भेट गर्दैछन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments