•  ९ मंसिर २०८१, आईतवार
  •  1:32:41 AM

उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै किभनजिकै पुग्यो रुसी फौज

- फाल्गुन २९, २०७८ मा प्रकाशित



किभ: रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभनजिकै पुगेको  हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अ‌ाफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेकाे बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो ।

रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ । शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिव १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन् । यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ ।

सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन् । 

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले ‘आधारभूत रुपमा भिन्न दृष्टिकोण’ अप्नाएको बताएका छन् । यो दृष्टिकोण पहिलेको वार्ताविपरित भएको उनको भनाई छ । -एजेन्सी

Comments

सम्बन्धित खवर