एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा
- फाल्गुन १९, २०७८ मा प्रकाशित
काठमाडाैं: राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ । एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारकाे बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीकाे आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।
बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेकाे छ ।
बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ ।
राप्रपा बैठक आज सकिँदैछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments