धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
- मंसिर ७, २०८१ मा प्रकाशित
काठमाडौं । आउँदो आइतबार (मंसिर ९ गते) देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्षमुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ । संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको भरहराको लिफ्ट दुई महिनामै बिग्रिएको थियो । विना तयारी हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments