भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको विवरणलाई दिल्लीले ग¥यो अस्वीकार
- फाल्गुन १९, २०७८ मा प्रकाशित
किभ: भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको भन्ने रुसी विवरणहरुलाई दिल्लीले अस्वीकार गरेको छ । विद्यार्थीहरुलाई युक्रेनी सशस्त्र फौजले ‘मानव ढाल’ बनाएको र उनीहरुलाई रुसी भूमिमा जानबाट रोक्न हरेक उपाय गरिएको रुसले दाबी गरेको थियो ।
तर, बिहीबार सार्वजनिक भएको विज्ञप्तिमा भारतीय विदेश मन्त्रालयले युक्रेनमा ‘कुनै पनि विद्यार्थीलाई बन्धक बनाएकोे रिपोर्ट प्राप्त नभएको’ जनाएको छ । भारतीय विद्यार्थीलाई युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट बाहिर जान सहयोगको लागि विशेष रेलको व्यवस्था गर्न भारतले युक्रेनी अधिकारीहरुसँग सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।
हजारौं भारतीय विद्यार्थी अझै पनि खारकिभमा अलपत्र परेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments