नेकपा एसका मन्त्री एमसीसीको पक्षमा, नेताहरू विपक्षमा
- फाल्गुन १२, २०७८ मा प्रकाशित
काठमाडौं: सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भने विपक्षमा देखिएका छन् ।
नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन् ।
नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा छन् ।
तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, पार्टीको निर्देशनमा नेकपा एसनिकट भ्रातृ संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments