•  ३ आश्विन २०८१, बिहीबार
  •  3:50:55 AM

प्रतिबन्धित लागूऔषधसहित पक्राउ

- फाल्गुन ११, २०७८ मा प्रकाशित



इटहरीः मोरङको विराटनगर महानगरपालिका–१२ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१२ का कुनाल सिंह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो अपराहन्न ४ः४५ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउनसुगर ३२ ग्राम, डिजिटल तराजु १ थान र को. ३३ प ३३१४ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । प्रतिवन्धित ब्राउनसुगरसहित पक्राउ परेका सिंहउपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर