•  ३ आश्विन २०८१, बिहीबार
  •  3:36:11 AM

घोडाबाट लडेर बालिकाको मृत्यु

- फाल्गुन ११, २०७८ मा प्रकाशित



इटहरीः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाकी ८ वर्षीया छोरी सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनीसँगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पासमेत सामान्य घाइते भएकी छन् ।

आज बिहान १०ः३० बजे उनीहरु मामाको घोडामा चढेर जाँदै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभान स्थितमा हिउँमा चिम्लिएर घोडा लड्दा उनीहरुसमेत लडी घाइते भएका थिए । घाइतेमध्ये सोनामको उपचारको लागि लैजाँदै गर्दा दिउँसो १२ बजे बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Comments

सम्बन्धित खवर