मोदीसँग टेलिभिजन बहस गर्न तयार छुः पाकिस्तानी प्रधानमन्त्री इमरान खान
- फाल्गुन ११, २०७८ मा प्रकाशित
इस्लामाबाद: पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् ।
‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ,’ रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने । बहसमार्फत समस्या समाधान भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ । खानको प्रस्तावबारे भारतको विदेशमन्त्रालयले तत्काल कुनै टिप्पणी गरेको छैन् ।
आतंक र वार्ता एकै चोटी नहुने बताउँदै भारतले पाकिस्तानलाई अतिवादी समूहलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न रहेका व्यक्तिलाई सजाय दिन बारम्बार माग गर्दै आएको छ ।
भारतले पाकिस्तानलाई सीमापार आतंकवादको अन्त्य हुनु पर्ने माग गर्दै आएको छ भने पाकिस्तानले त्यसलाई ‘गैर–राज्य व्यक्ति’ का तर्फबाट भएका घटना भन्दै आफू पन्छिन खोज्छ ।
सन् २००८ मा भएको मुम्बई हमलाबाहेक भारतले सन् २०१६ मा ७ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको पठानकोट हमलाका दोषी र उनीरु आबद्ध संगठनमाथि कारबाहीको माग गर्दै आएको छ । एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments