युक्रेनमा फौज पठाउन पुटिनले दिएको आदेश रुसी सदनबाट अनुमोदन
- फाल्गुन ११, २०७८ मा प्रकाशित
मस्को: रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएका थिए ।
१५३ जना रुसी सिनेटरले पुटिनको आदेशलाई समर्थन गरेका थिए । उनको आदेशविरुद्ध कसैले पनि मतदान नगरेको प्राप्त विवरणहरुमा जनाइएको छ । त्यसअघि पुटिनले पूर्वी युक्रेनमा बिखन्डनकारीको दबदबा रहेको क्षेत्रमा रुसी सेना पठाउन रुसको माथिल्लो सदन फेडरेसन काउन्सिलसँग अनुमति मागेका थिए ।
युक्रेन हिंसा र रक्तपातको पक्षमा रहेकोले उसँगको वार्ता रोकिएको रुसको दाबी छ । ‘छलफल रोकिएका छन् । युक्रेनी नेतृत्वले हिंसा र रक्तपातको मार्ग लिएको छ,’ फेडरेस काउन्सिलको बैठकमा उपरक्षामन्त्री निकोले पानकोभले भने । ‘उनीहरुले हामीलाई एउटा पनि छनौट छोडेनन,’ उनले थपे । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments