•  ३ आश्विन २०८१, बिहीबार
  •  3:54:51 AM

गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे

- फाल्गुन ११, २०७८ मा प्रकाशित



खोटाङ: खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ,  ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पेमा शेर्पा मंगलबार जिल्ला अदालतको आदेशमा जनही १० हजार धरौटी बुझाएर छुटेका हुन् । चार अभियुक्तको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासुबिक्री गरेकाे आराेपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहने गरी २६ माघमा हिरासतमुक्त भएका थिए ।

Comments

सम्बन्धित खवर