•  ३ आश्विन २०८१, बिहीबार
  •  3:17:44 AM

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

- फाल्गुन ११, २०७८ मा प्रकाशित



काठमाडौं: झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई मंगलबार बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।  

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर