•  ३ आश्विन २०८१, बिहीबार
  •  3:37:33 AM

बृहस्पति अस्त, २९ दिन शुभकर्म गर्न नहुने

- फाल्गुन ११, २०७८ मा प्रकाशित



काठमाडौं: १० फागुनबाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन् । १० फागुनन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम  दिशामा अस्ताएका गुरु बृहस्पति २९ चैत बुधवार  बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ ।

खगोलीय  नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर गराउने अंशमा पुगेमा ग्रहहरूको गति अस्त अवस्थामा हुन्छ ।

ज्योतिषशास्त्रअनुसार यस्तो समयमा नित्यकर्मबाहेक अन्य साइत जुराएर गर्नुपर्ने मांगलिक कार्य गर्न नहुने नियम रहेको ज्यातिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

आशिर्वाद दिने ग्रह नै कमजोर भएको समयमा शुभ कार्यहरूको फल प्राप्ति नहुने र गरेका कामहरू पूर्ण नहुने भन्ने शास्त्रीय वचन रहेको उनको भनाइ छ । 

हरेक समयमा ग्रहहरू अस्त र उदय भइरहने प्रक्रिया चलिरहने भन्दै उनले तर देबगुरु बृहस्पति र शुक्र ग्रह अस्त हुँदा शुभफल   प्राप्तिको योग नरहने भएकाले शुभकर्म निषेध गरिएको हो ।

ज्योतिष रिजालका अनुसार अस्तको प्रभाव विशेषगरी सामाजिक, राजनीतिक तथा आर्थिक रुपमा पनि पर्ने छ । यस्तो समयमा कुनै पनि कर्य सफल नहुने योग निर्माण भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर