•  ३ आश्विन २०८१, बिहीबार
  •  10:23:20 PM

नेपाल रेडक्रस सोसाइटीद्वारा इटहरीमा शव वाहन सेवा सुरु

- फाल्गुन १०, २०७८ मा प्रकाशित



इटहरीः नेपाल रेडक्रस सोसाईटी इटहरीले आफ्नो २४ औँ साधारण सभासँगै शव वहान सुरु गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी इटहरीले खरिद गरेको नयाँ शव वहान नेपाल रेडक्रस सोसाइटी इटहरीका संस्थापक संयोजक राजेश श्रेष्ठ र सभापति विमल पौडेलले रिवन काटेर शुभारम्भ गरे ।

साधारणसभाको अवसरमा शिक्षा तथा कलाका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने दुई जनालाई नेपाल रेडक्रस सोसाइटी इटहरीले सम्मान समेत गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाको २४औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षा क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउने लेखनाथ घिमीरे र ललितकलाका माध्यमबाट इटहरीलाई चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकी स्थापक तथा नेपाल रेडक्रसकी पुर्व केन्द्रीय उपाध्यक्ष सरला कायस्थको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

सोही अवसरमा शव वाहन खरिद गर्न सहयोग गर्ने संघ संस्था , यसेस्ष्ठ तथा विशिष्ठ सदस्यहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

Comments

सम्बन्धित खवर