•  ३ आश्विन २०८१, बिहीबार
  •  10:33:09 PM

इटहरी ४ का टोलटोलमा एमालेको कमिटी विस्तार हुँदै

- फाल्गुन १०, २०७८ मा प्रकाशित



इटहरीः नेकपा एमाले इटहरी उपमहानगरको ४ नम्बर वडामा टोल कमिटी गठनले तीव्रता पाएको छ । अध्यक्ष सुनिल कार्की नेतृत्वको कमिटीले सङ्गठन विस्तारलाई तीव्रता दिएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कार्कीले टोलसम्मनै सङ्गठन विस्तार कार्य अगाडी बढाएका छन् । मंगलबार इटहरी ४ को आइतबारेमा कमिटी गठन गरेका उनले माओवादीका उमेद्धवारलाई एमालेमा प्रवेश गराएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दलित महिला सदस्यको उम्मेदवार रहेकी कमला परियार एमाले प्रवेश गरेकी हुन् ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा बिच टोल कमिटी र अखिल नेपाल महिला सङ्घको कमिटी गठन गरिएको अध्यक्ष कार्कीले बताए । वडामा एमाले स्वाभाविक रूपमा बलियो भए पनि जनताको घरमै पार्टी पुर्याउने उद्देश्यले टोल कमिटी गठन गरिएको उनको भनाई छ । आसन्न निर्वाचनमा एमालेलाई पुनः विजयी गराउने गरी तयारी थालिएको कार्कीले प्रष्ट पारे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा उपमेयर लक्ष्मी गौतम, पार्टी प्रदेश सदस्य तथा प्रदेश सांसद सर्वध्वज सावाँ, नगर अध्यक्ष याम कुमार सुब्बा लगायतको उपस्थिति थियो ।

Comments

सम्बन्धित खवर