बिखन्डनकारी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता
- फाल्गुन १०, २०७८ मा प्रकाशित
मस्को: रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीद्वारा नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् ।
पृथकताबादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ । उनीहरूले युक्रेनी सेनासँग सन् २०१४ देखि लडिरहेका छन् ।
घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गने उल्लेख छ । पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
एउटा टेलिभिजन सम्बोधनमा युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको बताए । पुटिनको कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले निन्दा गरेका छन् । युक्रेनी राष्ट्रपतिले कसैसँग नझुक्ने बताएका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments