रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग
- फाल्गुन १०, २०७८ मा प्रकाशित
न्युयोर्क: युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन् । रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।
‘मुख्य विषयः प्रतिबन्ध । उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन् । उनी वांसिटन भ्रमणमा जाँदैछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments