•  ३ आश्विन २०८१, बिहीबार
  •  7:46:28 AM

काँग्रेस क्षेत्रीय सभापति तामाङ सुन्दरहरैँचाको मेयरमा उठ्दै

- फाल्गुन ८, २०७८ मा प्रकाशित



इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङले आफ्नो पार्टीका तर्फबाट उमेद्वारी दिने भएका छन् । सुन्दरहरैचा–५ बलिया चोकमा हिजो आयोजित टोल समिति गठन कार्यक्रममा उनले यस्तो उद्घोष गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पाटीको प्रतिनिधित्व गर्दै उमेद्वारी दिने योजना रहेको बताए । यसअघि मोरङ ८ का क्षेत्रीय सभापति भएका तामाङ राज्य पुनः संरचना भएपछि क्षेत्र नम्बर ६ (क) को सभापति भएका थिए । उनी १४ औँ अधिवेशनमा मोरङ ६ को सभापतिमा निर्वाचित भएका हुन् । पार्टीमा उनी कोइराला गुटनिकट मानिन्छन् ।

उता वर्तमान मेयर शिवप्रसाद ढकाल पनि उमेद्वारी दोहोर्याउने मुडमा देखिन्छन् । नेकपा एमालेका उम्मेदवार केदार गुरागाईँलाई पराजित गरी मेयर बनेका ढकाल यस पटक पनि सोही पदमा लड्न लागेका हुन् ।

Comments

सम्बन्धित खवर