भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले साडे ६ अरबकाे लगानीमा बनाउदैछन ‘अन्नपूर्ण स्क्वायर’ होटल , धुमधामका साथ गरीयाे भुमीपुजा
- मंसिर ४, २०८१ मा प्रकाशित
इटहरी । साढे ६ अर्ब लगानीमा काठमाडौंको दरबारमार्गमा ‘अन्नपूर्ण स्क्वायर’ होटल निर्माण थालिएको छ। अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको झण्डै दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेल शिलान्यास गरिएको छ ।
अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले आज (सोमबार) होटलको शिलान्यास गरेका हुन् । २५ तलाको संरचनासहितको होटल नौं लाख स्क्वायर फिट क्षेत्रफलमा बन्ने बताइएको छ । ३५० कोठा हुने हुने होटलमा ४० कोठा अपार्टमेन्ट हुने र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बन्ने होटलका अध्यक्ष गुरुङले जानकारी दिए ।
होटेल निर्माणमा करिब साढे ६ अर्ब खर्च हुने कम्पनीको अनुमान छ । होटेल २०८५ देखि सञ्चालन गर्ने तयारी रहेको गुरुङले जानकारी दिएका छन् । दरबारमार्गको ५ तारे होटल ‘डेल अन्नपूर्ण’ लाई भत्काएर नयाँ संरचना बनाउन लागिएको छ ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत शेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्क्वायर बनाएर नयाँ ब्राण्डिङ गर्दै भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकम भित्र्याइएको हो । गुरुङले दक्षिण एशियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य राखेको बताएका छन् । उनले यो होटललाई नेपालको लक्जरी आतिथ्यताको होटल बनाउने पनि जानकारी दिए । गुरुङले भाटभटेनी सानो क्षेत्रबाट सुरु गरेर अहिले देशव्यापी बनाएको कथासँग जोडर होटललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने उनको भनाइ छ ।
होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउने गुरुङले जानकारी दिएका छन् । ‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरूङले सुनाए । आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने उनले बताएका छन् । होटलमा एकै पटक ६ हजार मानिस अटाउने गुरुङले जानकारी दिएका छन् । गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments