कांग्रेस महोत्तरीकाे विवादित क्षेत्रकाे अधिवेशन ८ फागुनमा
- फाल्गुन ५, २०७८ मा प्रकाशित
महोत्तरी: नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएकाे छ । विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका- ८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियावाट टुंगो लगाउने तय भएको हो ।
निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक-पटक बिथोलिँदै आएको थियो । एक पक्षको पिपरामा गराउनुपर्ने अर्को पक्षको जलेश्वर गराउनुपर्ने अडानको कारण अधिवेशन स्थगित बन्दै आएको थियो ।
अब भने पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा निर्वाचन गर्ने दुवै पक्षबी सहमति भएको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments