उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ
- फाल्गुन ५, २०७८ मा प्रकाशित
उदयपुर: बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ ।
बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा र गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments