राजमार्ग बन्द गराउन खोज्ने नेकपा क्रान्तिकारी माओवादीका १० कार्यकर्ता पक्राउ
- फाल्गुन ४, २०७८ मा प्रकाशित
सिरहा: सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी संजय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास, विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु वि.क., उचित महरा, भक्तबहादुर कार्की, क. क्रान्ति रहेका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका थिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments