हाम्रा बैंक र रक्षा क्षेत्रमा रुसले साइबर हमला गर्योः युक्रेन
- फाल्गुन ४, २०७८ मा प्रकाशित
किभ: युक्रेनले आफ्ना बैंक र रक्षा मन्त्रालयका क्षेत्रहरु साइबर हमलाबाट प्रभावित भएको बताएका छन् । युक्रेनसँगको सीमामा सैन्य अभ्यास गरेर आफ्ना केही सेना फर्किएको रुसले बताइरहेका बेला युक्रेनले आफ्ना संवेदनशिल क्षेत्रमा साइबर हमला भएको दाबी गरेको हो ।
‘यसलाई अस्वीकार गर्न मिल्दैन कि आक्रमणकारीले फोहोर साना चालहरूको रणनीति प्रयोग गर्यो किनकी यसका आक्रामक योजनाहरू ठूलो मात्रामा काम गरिरहेका छैनन्,’ युक्रेनको साइबर वाचडचले रसियाको संलग्नतातर्फ लक्षित गर्दै भनेको छ ।
युक्रेनको निजी बैंक प्रयोगकर्ताहरूले भुक्तानीमा समस्याको सामना गरिरहेको बताएका छन् भने ओशादबैंकले आफ्नो प्रणाली सुस्त भएको रिपोर्ट गरेको छ । युक्रेनमा साइबर हमला भए रुसी कदमको प्रतिकार गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले चेतवानी दिएका छन् ।
हाम्रा कम्पनीहरू वा महत्वपूर्ण पूर्वाधारविरुद्ध रुसले अमेरिका वा हाम्रा सहयोगीहरूलाई साइबर आक्रमणहरू जस्ता माध्यमबाट आक्रमण गर्छ भने हामी जबाफ दिन तयार छौ,’ एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले भने । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments