•  ३१ भाद्र २०८१, सोमबार
  •  2:17:15 AM

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

- फाल्गुन १, २०७८ मा प्रकाशित



काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । 

साथै एमसीसी सदनमा पेस गर्ने तयारी भइरहेको भनिएको र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोध लगायत विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर