•  ३१ भाद्र २०८१, सोमबार
  •  2:26:39 AM

प्रधानन्यायाधीश विरुद्धकोआन्दोलन १ सय ७ औं दिनमाः स्थगित आन्दोलन आजवाट सुरु 

- फाल्गुन १, २०७८ मा प्रकाशित



न्युज कारखाना 
काठमाडौं, १ फागुन 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । 

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतवारवाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो  ।

‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लिलामणी पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसियसनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो । 

बिगत १ सय ७ दिन देखी न्यायपालिकाको सुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायधिस राणाको राजिनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।

Comments

सम्बन्धित खवर