एक दर्जन भन्दा बढी देशद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह
- फाल्गुन १, २०७८ मा प्रकाशित
न्युयोर्क: एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।
अस्ट्रेलिया, इटाली, इजरायल, द नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई फिर्ता बोलाएका छन् ।
अमेरिका, जर्मनी र बेलायतलगायतका देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न भनेको छ ।
क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी सहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाएकी छिन् ।
एउटा फोनवार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् ।
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको बताउँदै आएका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments