यौन दुर्व्यवहार पीडित महिला भन्छिन्—’प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आयो’
- माघ २७, २०७८ मा प्रकाशित
सिड्नी: अस्ट्रेलियामा यौन दुर्व्यवहारपीडित एक महिलाले आफूमाथि प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आएको गुनासो गरेकी छिन् ।
ग्रेस टेमले सरकारले वित्तीय सहयोग गरेको संगठनका एक वरिष्ठ सदस्यको धम्कीपूर्ण फोन आएको गुनासो गरेकी हुन् । फोनमा उनलाई ती सदस्यले प्रधानमन्त्री स्कट मोरिसनबारे नकरात्मक विषय नभन्ने प्रतिबद्धता माग गरेका थिए ।
यसअघि प्रधानमन्त्री मोरिसनले संसदमा यौन दुर्व्यवहारकाे गुनासो गर्ने पूर्व राजनीतिक कर्मचारी ब्रिटेनी हिगिन्सलगायतसँग माफी मागेका थिए । बुधबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा दुरुपयोग र शक्तिबारे हिगिन्स र टेम सँगसँगै थिए ।
सो फोन कुराकानीबारे केही थाहा नभएको भन्दै त्यस विषयमा छानविन गर्ने सरकारले जनाएको छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments