छोरा जन्माउने आशमा गर्भवती महिलाको टाउकोमा ह्यामरले गाडियो साढे दुई इन्च लामो किला
- माघ २७, २०७८ मा प्रकाशित
इस्लामबाद: टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् । अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन् । साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी सशंकित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन् ।
एक अन्धविश्वासीले गर्भवती महिलाले टाउको किला गाड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । वास्तवमा उनै अन्धविश्वासी व्यक्तिले महिलाको टाउकोमा ह्यामरले किला गाडिदिएका थिए । लेडी रिडिङ अस्पतालका डा. हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महशुस गरेको बीबीसीलाई बताए ।
एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन ओटा छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउदै आएका छन् ।
‘उनी तीन महिनाकी गर्भवती रैछन् । पतिको धम्कीका कारण उनी अन्धविश्वसी व्यक्तिमा गएकी रहेछिन,’ अस्पतालका एक कर्मचारीले भने ।
पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ । विशेषगरी उत्तर पश्चिम पाकिस्तानमा यस्तो विश्वास धेरैमा देखिन्छ । एउटा ट्विटमा पेशावर प्रहरी प्रमुख अब्बास अहसनले दोषीलाई कानुनको कठघरमा ल्याउन एउटा विशेष अनुसन्धान समूह गठन गरिएको बताएका छन् ।
प्रहरीले पीडित महिलामार्फत दोषीलाई पत्ता लगाउन अस्पतालका कर्मचारीहरुसँग सोधपुछ र अन्तवार्ता गरेको छ । कर्मचारीले टाउको बाट किला हटाइदिएपछि ती महिला आफ्नो बाटो लागेकी थिइन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments