•  ३१ भाद्र २०८१, सोमबार
  •  1:52:39 AM

मिडियामा प्रतिवेदन सार्वजनिक भएकोमा एनआरएनएको आपत्ति

- माघ २५, २०७८ मा प्रकाशित



काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो एक प्रतिवेदन छलफल गर्नुपूर्व नै मिडियामा सार्वजनिक भएकोमा आपत्ति जनाएको छ । 

एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरेको थियो । 

सोही समिति मातहतको तीन सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन यही फेब्रुअरी ४ मा उच्चस्तरीय समितिमा पठाएको थियो । 

प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपूर्व नै मिडियामा आएपछि एनआरएनएले आपत्ति जनाएको हो । 

‘यति संवदेनशील विषय छलफल पूर्व नै बाहिरिएको  र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको प्रति यस उच्चस्तरीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनआरएनएद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर प्रश्न उठ्नुका साथै उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको छ ।’ 

एनआरएनएले अब संघको गोपनियता भंग हुने गरी कुनै पनि किसिमका गतिविधि नगर्न÷नगराउन सबैलाई आग्रह गरेको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर